| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक सुलिकोटमा आइतबार सार्वजनिक विदा नदिइने

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आइतबार सार्वजनिक विदा नदिइने भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको जेठ १५ गते बसेको कार्यापालिकाको वैठकले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेको हो ।

यस अघि नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेबाट शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

गाउँपालिकाले आइतबार सूचना जारी गर्दै आइतबार देखि विहिबार सम्म विहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म कार्यालय खुल्ला रहने जनाएको छ ।

शुक्रबार भने विहान १०ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म खुल्ला रहनेछ ।

त्यस्तै, कार्तिक १६ गते देखि माघ १५ गते सम्म आइतबार देखि विहिबार सम्म कार्यालय विहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजे सम्म र शुक्रबार बेलुका ३ः०० बजे सम्म खुल्ने बारपाक सुलिकोट गाउँपालिको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्