| मङ्लबार, कार्तिक २४, २०८३

महिला उद्यमी विकास समितिको १० औँ साधारण सभा सम्पन्न

गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको १० औ साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच महिला उद्यमी विकास समितिको १० औँ साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा संघ कोषाध्यक्ष रिता श्रेष्ठले कोषाध्यक्ष प्रतिवेदन र सचिव जुना सुनारले सचिवको प्रतिवेदन प्रस्तुत गरेको थिए । महिला संघले महिलाहरुलाई विभिन्न सिपमुलक तालिमहरुका साथै आर्थिक स्रोतको बचत गर्ने लयायतका कामहरु गर्दै आएका छ्न ।

समितिका अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संघ निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, महिला उद्यमी विकास समितिका संस्थापक अध्यक्ष देवु मास्के लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्