| मङ्लबार, कार्तिक २४, २०८३

पालुङ्टार ९ को पहिलो निर्णय : २० युनिटभन्दा कम विद्युत उपभोग गर्नेको महशुल वडा कार्यालयले तिरिदिने

गोरखाको पालुङ्टार नगरपालिका वडा नं ९ मा २० युनिटभन्दा कम विद्युत उपभोग गर्नेको विद्युत महशुल वडा कार्यालयले तिरिदिने भएकोे छ ।

नवनिर्वाचित वडा अध्यक्ष भेजराज पाण्डेले वडाको पहिलो निर्णयका रुपमा त्रैमासिक रुपमा २० युनिट भन्दा कम विद्युत उपभोग गर्ने वडाबासीको विद्युत शुल्क कार्यालयले तिरिदिने निर्णय गरेका हुन् ।

गरीब, विपन्न, दलित, अल्पसंख्यक लगायतका आर्थिक अवस्था कमजोर भएका वडाबासीहरुलाई लक्षित गरी सो निर्णय गरेको उनले बताए । तर यो सुविधा भने ठूलो व्यापारीदेखि साना किसान, गरिब सबैको हकमा लागु हुनेछ । वडाभित्रका बासिन्दाहरुले त्रैमासिक रुपमा २०

युनिटसम्मको शुल्क वडाले बेहोर्ने र सो भन्दा बढी विद्युत खपत गरेको खण्डमा बाँकी रकम भने सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने बताए ।
९ नम्बर वडा भित्र १५ सय घरधुरी रहेको बताउदै विद्युत महशुलका लागि बार्षिक रुपमा करिब ६ लाख लाग्ने अनुमान गरिएको उनले बताए । यसका लागि विद्युत प्राधिकरणसँग आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्