
अपाङ्गता व्यक्तिहरुलाई भोट वैँकका रुपमा मात्र प्रयोग गरेको आरोप
देशमा हरेक राजनीतिक दलहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई भोट वैँकको रुपमा मात्र प्रयोग गरेको गुनासो गरेका छन् ।
अपाङ्ग स्वावलम्बन विकास संघ नेपाल, आइएनएफ, इन्सेकको आयोजनामा शुक्रबार गोरखा सदरमुकामामा भएको सेवाग्राही र सेवाप्रदायक निकाय बीच पहुँचयुक्त भौतिक संरचना सम्बन्धी संवाद कार्यक्रममा सरोकारवाला निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई भोटका रुपमा मात्र प्रयोग गरेको तर उनीहरु अधिकार कार्यान्वयन नभएको बताए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन कुनै पनि राजनीतिक दलहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई उम्मेदवार नबनाएको राष्ट्रिय अपाङ्गता महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले बताए । गोरखाका वडा, गाउँ÷नगर पालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई जनप्रतिनिधिका रुपमा नउठाएको उनको गुनासो छ । हरेक राजनीतिक दलहरु अपाङ्गता भएका व्यक्तिहरुको माग सम्बोधन गर्नुपर्ने बताउँदै उनले भने, ‘चुनावमा अपाङ्गता भएको व्यक्तिहरुलाई भोट हाल्न लगाउने तर कसैले पनि उम्मेद्वारका रुपमा उठाउनु भएन ।
अब सबै राजनीतिक दलहरुलाई प्रश्न गर्नुपर्छ ? के हामी भोट बैकका रुपमा मात्र प्रयोग गर्ने हो, आफ्नो अधिकार कार्यान्वयन गर्ने निकायमा हामी कहिले पुग्ने ?’ राज्यका हरेक निकायमा अपाङ्गता भएका व्यक्तिहरुको पहँुच कमजोर रहेको बताउदै जबसम्म राज्यको नीति, नियम कार्यान्वयन गर्ने तहसम्म अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधि हुदैन तबसम्म आफ्नो हकअधिकारबाट कार्यान्वय गर्नबाट बन्चित हुने उनले बताए ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरुलाई जुत्ता, छाता वितरण गर्नुको सट्टा उद्यमशीलतर्पm जोड दिनुपर्ने उनले बताए । ‘अपाङ्गता भएका व्यक्तिहरु काम गरेर खान चाहन्छ, त्यसैले उनीहरुलाई रोजगारी सिर्जना हुने गरी समूह समूह बनाएर सिपमुलक तालिमहरु दिनुपर्छ । तब मात्र उनीहरु आर्थिक, सामाजिक अवस्थामा सुधार आउँछ,’ उनले भने । साथै अपाङ्ग मैत्री भौतिक संरचना निर्माणका लागि तीन तहको सरकारले जिम्मेवारी भएका लाग्नुपर्नेमा उनीहरुले जोड दिए ।
अहिले निर्माण भएका सरकारी कार्यालयहरु पनि अपाङ्मैत्री बन्न नसकेको इन्सेकका गण्डकी प्रदेशका संयोजक शिव खकुरेल बताउँछन् । सार्वजनिक स्थलहरु सबै अपाङ्गमैत्री हुनुपर्ने माग गर्दै आएता पनि राज्यबाट सुनुवाई नभएको उनले बताए । यसमा राज्य जिम्मेवारी भएर लाग्नुपर्ने बताउदै नीति नियममा उल्लेख भएका हकअधिकार व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा समेत उनले जोड दिए ।
अपाङ्ग स्वावलम्बन विकास संघ नेपालका अध्यक्ष दिपक तिमिल्सनाले पनि सरकारी कार्यालय लगायतका सार्वजनिक स्थलमा निर्माण भएका भौतिक संरचना अपाङ्गमैत्री हुन नसकेको बताए । सडक, शौचालय, सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाहरु निर्माण गर्दा अपाङ्गमैत्री हुनपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुमा आर्थिक अवस्थाको चुनौती बढ्दै गएको बताए । शारीरिक रुपमा समस्या भएका कारण आयआर्जन र उत्पादन क्षेत्रमा उनीहरु पहुँच कम भएको उनको भनाइ छ । पछिल्लो समयमा रासायनिक मलको व्यापक प्रयोग, वातावरणीय असर लगायतका कारण विकसित मुलुकहरुमा अपाङ्गता भएका व्यक्तिहरुको जन्मदर वृद्धि हुदै गएको बताउँदै उनले समाजका हरेक व्रिmयाकलापहरु अपाङ्गमैत्री हुनपर्नेमा जोड दिए ।
राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले सबै सरकारी कार्यालय भौतिक संरचना अपाङ्गमैत्री र उनीहरुको पहुँचयुक्त बनाउन जरुरी रहेको बताए । यसका लागि सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरु निर्माणका लागि योजना निर्माणकै क्रममा नै सबैलाई सहज र पहुँचयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरुप्रति गरिने विभेदको अन्त्य गर्दै मानिसहरुको सोच्ने शैलीमा नै परिवर्तन गर्नुपर्ने बताउँदै राज्यबाट प्रदान गरिने सबै सेवासुविधा सबै समान रुपले उपभोग गर्न पाउने पर्ने उनले बताए । गोरखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सानुकाजी कुवँरले जिल्लामा भूकम्पपछि निर्माण भएका भौतिक संरचनाहरु अपाङ्गमैत्री बनेको बताए ।
आगामी वर्षहरुमा वडाभित्र निर्माण हुने हरेक संरचनाहरु अपाङ्गमैत्री बनाइने समेत उनले प्रतिबद्धता जनाए । पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर अजय श्रेष्ठले प्राविधकहरुमा ज्ञानको कमी, दक्ष कामदारको अभाव र पयाप्त बजेट विनियोजना नहुँदा अपाङ्गमैत्री भौतिक संरचना निर्माण हुन नसकेको बताए । साथै निर्माण सामाग्रीको सहज रुपमा उपलब्ध नहुनु, सम्बन्धिन निकायले अपाङ्गमैत्री संरचना निर्माणमा वेवास्ता गर्नाले पनि यो समस्या आइपरेको उनको भनाइ छ ।




