
१ देखि ३० मतान्तरको रोचक हारजीत भएका गोरखाका १६ वडा !
केशव गुरुङ :
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखाका ९४ वडा मध्ये १५ वटा वडामा १ देखि ३० मतान्तरले पनि हारजित भएका छन् । यीमध्य सबै भन्दा कम मतान्तरले हारजित हुने वडा गण्डकी गाउँपालिका वडा नं ४ हो । यहाँ नेकपा एमालेकातर्पmबाट राजुबाबु भण्डारीले ४१० मत प्राप्त गरे भने नेपाली कांग्रेसका जीतबहादुर गुरुङले ४०९ मत प्राप्त गरे । एक मतान्तरले भण्डारीसँग गुरुङ पराजित भएका थिए ।
गोरखा नगरपालिका वडा नं ८ मा माओवादी केन्द्रका ऋषिराम खत्रीले नेपाली कांग्रेसका कृष्णबहादुर खत्रीलाई ३ मतान्तरले पराजीत गरे । माओवादीका खत्रीले ७२२ मत ल्याए भने कांग्रेसका खत्रीले ७१९ मत ल्याए ।
धार्चे गाउँपालिका वडा नं ६ मा नेकपा एमालेका धनकुमार घलेले ४ मतान्तरले विजय हाँसिल गर्न सफल भए । यहाँ माओवादी, कांग्रेस, जसपाको गठबन्धनलाई पराजित गर्दै घले विजयी भएका हुन् । घलेले ५६१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका मान बहादुर गुरुङले ५५७ मत प्राप्त गरे । घले दोस्रो कार्यकालका लागि वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।
यस्तै, गोरखा नगरपालिका वडा नं १३ मा मित्रकुमारी परियारले माओवादी केन्द्रका हरिबहादुर खनाललाई ४ मतले पराजित गरिन् । परियारले ६३२ मत ल्याइन् भने खनालले ६२८ मत ल्याएका थिए ।
सिरानचोक गाउँपालिका वडा न. ७ मा माओवादी केन्द्रका राजेन्द्रबाबु ढकालले ५ मतान्तरले एमालेका दीपकबाबु थापालाई पराजित गरे । ढकालले ४७८ मत ल्याए भने थापाले ४७३ मत ल्याएका थिए ।
भीमसेन थापा गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका होमबहादुर बरामुले नेपाली कांग्रेसका सिताराम भट्टलाई ९ मतले पराजित गरे । बरामुले ५०२ र भट्टले ४९३ मत ल्याएका थिए ।
धार्चे गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका शेरबहादुर गुरुङले माओवादीका उम्मेद्वारलाई १० मतान्तरले पछि पार्दै विजयी बने । एमालेका गुरुङले ३८७ मत प्राप्त गरे भने माओवादी तर्पmबाट रातमान गुरुङले ३७७ मत प्राप्त गरेका थिए ।
आरुघाट गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेसका गणेश अधिकारीले १२ मतान्तरले विजय हाँसिल गरे । अधिकारीले ३२५ मत प्राप्त गरे भने माओवादीका दिवस खड्काले ३१३ मत प्राप्त गरेका थिए ।
आरुघाट गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसका टेकबहादुर अधिकारी १६ मतान्तरले विजयी बने । यहाँ काँगे्रसका अधिकारीले ४६८ मत ल्याएका थिए भने नेकपा एमालेका शीरबल बरामुले ४५२ मत ल्याएका थिए ।
आरुघाट गाउँपाकिा वडा न. ८ मा पनि १८ मतान्तरले नेपाली कांग्रेसका मुरारी खनाल विजयी बने । उनले ५२४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका रमेशप्रसाद तिमिल्सिनाले ५०६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, गोरखा नगरपालिका वडा नं ११ मा माओवादी केन्द्रका रामबहादुर खड्काले कांग्रेसका उम्मेद्वारलाई २० मतान्तरले पछि पार्दै विजयी बने । खड्काले ३९० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भुवलबहादुर बयलकोटीले ३७० मत प्राप्त गरे ।
आरुघाट गाउँपालिका वडा नं ९ मा नेकपा माओवादी केन्द्रका बृद्धिप्रसाद श्रेष्ठ २३ मतान्तरले विजयी भए । उनले ४३५ मत ल्याएर विजयी थिए भने नेपाली कांग्रेसका गोविन्द्रकुमार श्रेष्ठले ४१२ मत प्राप्त गरे ।
गोरखा नगरपालिका वडा नं ५ मा २५ मतान्तरले नेकपा एमालेका खिलबहादुर राना विजयी बने । उनले ४५३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गीता थापा मगरले ४२८ मत प्राप्त गरिन् ।
बारपाक सुलिकोट वडा नं ५ मा माओवादी केन्द्रका शिवबहादुर खड्काले नेपाली कांग्रेसका ठाकुरप्रसाद भट्टलाई २९ मतान्तरले पराजित गरे । खड्काले ५७७ मत ल्याए भने भट्टले ५४८ मत प्राप्त गरेका थिए ।
अजीरकोट गाउँपालिका वडा नं ५ मा नेपाली कांग्रेसका विर्खध्वज गुरुङ ३० मतान्तरले विजयी बने । उनले माओवादी केन्द्रका चिरञ्जीवी धिताललाई पराजित गरेका हुन् । गुरुङले ८५६ मत प्राप्त गरे भने धितालले ८२६ मत प्राप्त गरेका थिए ।
भिमसेन गाउँपालिका वडा नं ८ मा माओवादीका विष्णु कुमार श्रेष्ठले १३ भोटले काँग्रेसका अृमत श्रेष्ठलाई पराजित गरेका थिए । माओवादीका श्रेष्ठले ४०५ मत ल्याए भने काँग्रेसका श्रेष्ठले ३९२ मत ल्याएका थिए ।




