
१९ औ सवालाख रोट महोत्सव सकियो
गोरखामा १९ औँ सवालाख रोट महोत्सव सकिएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा जेठ २ गते सुरु भएको १९ औँ रोट महोत्सव भव्यताका साथ विहिबार सम्पन्न भएको केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले बताए ।
महोत्सवमा करिब २५ हजार भक्तजन सहभागिता रहेको उनले जानकारी दिए । उनका अनुसार महोत्वसमा तनहुँ, लमजुङ, कास्की, बाग्लुङ, स्याङजा, भक्तपुर, काठमाडौ, नुवाकोट लगायका भक्तजनहरु सहभागिता थिए । गोरखा दरवारमा चल्ने रोट महोत्सव बिगत दुई वर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेन । दुई वर्षसम्म नित्य पूजा अन्तर्गत रोट चढाइएको थियो । तर यस पटक धेरैै भक्तजन सहभागी भएको केन्द्रका अध्यक्ष अर्यालले बताए ।
रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निशुल्क ब्यवस्था समेत गरेको थियो ।
राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिनसम्म रोट महोत्सव गरेर रोट अर्पण गरिएको थियो । रोट महोत्सवले गोरखाको धार्मिक पर्यटनको बिकासमा पनि मद्धत पुगेको उनले बताए ।
गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स(सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन ।
गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ ।




