| मङ्लबार, कार्तिक २४, २०८३

सामागाउँको निशुल्क स्वास्थ्य शिविरमा एकहजार जनाद्वारा स्वास्थ्य लाभ


एक–एक पाईला र टेर्गर च्यारिटी नेपालको संयुक्त आयोजनामा चुमनुब्री गाउँपालिकाको सामागाउँमा आयोजित तीन दिने निशुल्क स्वास्थ्य शिविरमा एकहजार जनाले स्वास्थ्य लाभ लिएका छन् ।


जेठ नौ, १० र ११ गते सञ्चालन भएको स्वास्थ्य शिबिरमा स्थानीयबासीको निशुल्क स्वास्थ्य परीक्षण गरिएको मिङ्मार छिरिङ लामाले जानकारी दिए । ‘गाउँका सबै जनाको सुगर, प्रेसर, रगत, आँखा, कान, हाडजोर्नी, पेट, स्त्री तथा प्रसुती रोगलगायत बिभिन्न समस्याको परीक्षण गरिएको थियो’, उनले भने, ‘सहरमा गएर यति परीक्षण गर्नु परेको भए धेरै दिन पनि लाग्ने थियो, धेरै खर्च पनि हुने थियो । तर यहाँ निशुल्क रुपमा एकैछिनमा धेरै परीक्षण गर्न पाइयो ।’


स्वास्थ्य शिविरमा २० जना मोतिबिन्दूका बिरामीको आँखाको सफल शल्यक्रिया पनि भएको उनले बताए ।


स्वास्थ्य शिविरमा ३० जना चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिएका थिए । गाउँमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न योङ्गी मिङ्ग्यूर रिम्पोछेले विशेष पहल गरेका थिए ।

स्वास्थ्य शिविर त्यहाँको एक सामुदायिक भवनमा सञ्चालन गरिएको थियो ।

तस्वीरहरु : वीरबहादुर लामाको फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस्