| मङ्लबार, कार्तिक २४, २०८३

अतिविपन्न परिबारलाई निशुल्क स्वास्थ्य बीमा गराउने पालुङ्टार ३ को पहिलो निर्णय


पालुङटार नगरपालिका वडा नं. ३ का अतिविपन्न समुदायलाई वडा कार्यालयले निशुल्क स्वास्थ्य बिमा गराइदिने भएको छ ।


नवनिर्वाचित वडाअध्यक्ष रविन्द्र अधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले वडाभित्रका अति विपन्न समुदायलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको हो ।


‘हाम्रो वडाभित्र दलित र गरिब बिपन्न समुदायको बसोबास धेरै छ’, वडाअध्यक्ष अधिकारीले भने, ‘म यसअघि वडा सदस्य हुँदा पनि ज्येष्ठ नागरिक र रातोकार्डवाला अपांगहरुलाई घरघरमा पुगेर खोजीखोजी निशुल्क स्वास्थ्य वीमा गराउन मद्दत गरेको थिएँ । त्यसको महत्व र प्रभावकारिता धेरै रहेकाले आफू वडाअध्यक्ष भएपछि अतिविपन्न दलित तथा गैरदलित परिबारको निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको हुँ ।’

आँपपीपल अस्पताल नजिक भएकाले स्वास्थ्य बीमा भएपछि उनीहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउनेमा विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्