| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक सुलीकोट, गण्डकी र धार्चेमा कार्यपालिका गठन


गण्डकी गाउँपालिकामा कार्यपालिका गठन भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएसँगै कार्यपालिका गठन गरिएको हो ।


बुधबार छ सदस्यीय कार्यपालिका निर्विरोध निर्वाचित भएको पालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सिताराम विश्वकर्मा, तारा परियार, कुन्तिमाया चेपाङ, लक्ष्मी श्रेष्ठ, अमाया रानामगर र लक्ष्मी बाग्दास निर्वाचित भएका हुन् । उनीहरुले १३ गते निर्वाचन अधिकृतबाट आधिकारी रुपमा प्रमाण पत्र वितरण गर्ने कार्यक्रम राखिएको जनाएको छ । यससंगै गण्डकी गाउँपालिकामा १६ सदस्यीय कार्यपालिका गठन भएको छ ।


त्यस्तै, बारपाक सुलिकोट गाउँपालिकामा पनि बुधबार कार्यपालिका गठन गरिएको छ । कार्यपालिका सदस्यहरुमा महिला र दलित वा अल्पसंख्यक सदस्य निविरोध निर्वाचित भएको पालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । उनका अनुसार आशिका गुरुङ, जानुका देवी पनेरु, मायादेवी गुरुङ, सन्तकुमारी बराम, राजु सुनार र शुभप्रभात नेपाली निर्विरोध निर्वाचित भएका हुन् । यो संगै बारपाक सुलीकोट गाउँपालिकामा १६ सदस्यीय कार्यपालिका गठन भएको छ ।


यसैगरी धार्चे गाउँपालिकामा पनि १५ सदस्यीय गाउँ कार्यपालिका गठन भएको छ । बुधबार जगसिँह घले, मित्रबहादुर सुनार, पासमाया गुरुङ, अनार्दा गुरुङ, देवी सुनार र सुनमाया बिकलाई निर्विरोध कार्यपालिका सदस्य चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्