| मङ्लबार, कार्तिक २४, २०८३

६ नंबर वडा हाँक्ने यी जवान वडाअध्यक्षहरु

शिव उप्रेती :

कहिलेकहीँ यस्तो संयोग जुर्छ, जसले धेरै कुरालाई रोचक बनाउँछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको उमेर समूह केलाउँदा एउटा यस्तै रोचक सन्दर्भ मिलेको छ ।

चारवटा पालिकाको वडा नं. ६ का वडाअध्यक्ष ३० बर्ष नपुगेका छन् । चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका र सिरानचोक गाउँपालिकाको वडा नं. ६ का वडाअध्यक्षहरु २५ देखि ३० बर्ष उमेर समूहका छन् ।

सबैभन्दा कम उमेरका हुन्, चुमनुब्री गाउँपालिका ६ का वडाअध्यक्ष सरोज लामा । साविक चुम्चेत गाविसको लोक्पा गाउँका उनी निर्विरोध निर्वाचित भएका वडाअध्यक्ष पनि हुन् । नागरिकता अनुसार उनी अहिले बल्ल २७ बर्ष पुगेका छन् ।
यसअघि सो वडामा उनका बुबा लोप्साङ फुञ्जो वडाअध्यक्ष थिए । गाउँलेहरुको सर्वसहमतिले यसपटक उनलाई वडाअध्यक्ष बनाउने, अरु कसैले पनि उम्मेद्वारी नदिने निर्णय गरेका थिए ।
उनी नेकपा माओवादी केन्द्रमा आवद्ध छन् ।

अर्का वडा नंबर ६ का वडाअध्यक्ष धनकुमार घले । उनी धार्चे गाउँपालिका ६ का वडाअध्यक्ष हुन् । यसअघि २३ बर्षको उमेरमा नेकपा एमालेबाट वडाअध्यक्ष बनेका घले दोस्रो कार्यकालका लागि पनि चुनिएका हुन् । अहिले २८ बर्षमा छन् । साविक काशिगाउँ गाविसको काशिगाउँका उनी कांग्रेसका उम्मेद्वार मानबहादुर गुरुङलाई पछि पार्दै ५६१ मत प्राप्त गरी कार्यकाल दोहो¥याउन सफल भएका हुन् ।
त्यस्तै अर्काे वडा नं. ६ का वडाअध्यक्ष हुन्, आरुघाट गाउँपालिकाका । नेकपा एमालेबाट ३८० मत प्राप्त गरी ६ नंबर वडाका वडाअध्यक्ष बनेका राजिव गुरुङ नेकपा एमालेमा आवद्ध छन् ।

६ नंबर वडा हाँक्ने अर्का नौ जवान वडाअध्यक्ष हुन्, सिरानचोकका गाउँपालिकाका । ३० बर्षका प्रेमप्रसाद वस्ती नेकपा माओवादी केन्द्रबाट ६६३ मत प्राप्त गरी वडाअध्यक्ष बन्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्