| मङ्लबार, कार्तिक २४, २०८३

धार्चे गाउँपालिका अध्यक्ष गुरुङ भन्छन् : जनताको भरोसा टुट्न दिँदैनौँ

स्थानीय तहको निर्वाचनसँगै पालिकाहरुमा पाँच वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको आ–आफ्नै योजनाहरु घोषणा पत्रमार्पmत सार्वजनिक भएका छन् । चुनावअघि घोषणा पत्रमा सार्वजनिक भएका विषय अब कत्तिको कार्यान्वयन हुन्छन् भन्ने हेर्न बाँकी छ । यसै सन्दर्भमा उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्षमा निर्वाचित लक्ष्मण गुरुङसँग दरौदी दैनिकका संवाददाता केशव गुरुङले गरेको कुराकानी :

तपाई राजनीतिमा कसरी लाग्नु भयो ?

सानैदेखि विद्यार्थी संगठनमा लागेको हो । आरुघाटमा पढ्दादेखि विभिन्न विद्यार्थी संगठनमा आबद्ध थिएँ । २०४३ सालदेखि अखिल विद्यार्थी संगठनमा जोडिएको थिएँ । अध्ययनकै क्रममा काठमाडौ गएँ । त्यहाँ पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कम्युनिष्ट पार्टीसँग जोडिएर नै काम गरेँ । २०६३ सालको शान्ति सम्झौतापछि पूर्ण रुपमा सक्रिय भएर नेकपा कम्युनिष्ट माओवादी केन्द्रसँग जोडेर अगाडि बढ्दै आएँ । बीचमा एक पटक फेरि डाक्टर बाबुराम भट्टराईसँग नयाँशक्तिमा जोडिएँ । डा. भट्टराई हुदाँ जनता समाजवादीमा गएपछि पुरानै पार्टी माओवादी केन्द्रमा फर्किएँ । २०७४ सालको स्थानीय निर्वाचनमा धार्चेमा नयाँशक्ति तर्पmबाट गाउँपालिका अध्यक्ष उम्मेदवारमा म उठेको थिएँ । पराजित भएँ ।

त्यस पछाडि हाम्रो पार्टीका जननिर्विाचित प्रनिनिधि सहित सम्पूर्ण पार्टीका टिम नेकपा माओवादीमा एकता भयो । त्यस पछि पाँच वर्षका लागि म धार्चे गाउँपालिका पार्टीको अध्यक्ष बने । पार्टीको विधानमा एउटा व्यक्तिले एउटा पदमा लिन पाउने भन्ने छ । त्यसैले पार्टी अध्यक्ष छोडेको हो । अहिले म नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश समिति सदस्य हो ।

यो भन्दाअघि के गर्नु हुन्थ्यो ?

म अध्ययन कै क्रममा २०४६ सालमा म काठमाडौ छिरेँ । काठमाडौँबाट नै एसएलसी र व्याचलर अध्ययन पूरा गरेँ । म विविएस म्यानेजमेन्टको विद्यार्थी हो । मैले ०६९ सालमा काठमाडौमा मनास्लु बोर्डिङ स्कुल संचालन गरेँ । अहिले छोडिसकेँ । कोषाध्यक्ष, शिक्षक र अध्यक्ष भएर पनि बोर्डिङ चलाएँ । १६ वर्षसम्म विद्यालय संचालनको क्रममा तीन कार्यकाल अध्यक्ष बनेँ । पछि टे«किङ गाइड भएर पनि काम गरेँ । त्यो सयममा नेपालको सबै टे«किङ रुटमा पुगियो । पछि ६÷७ वर्ष जति एड्भेन्चर सिक्स थाउजेन्टमा अपरेटिङ म्यानेजरका रुपमा काम गरेँ । २००५ बाट २०११ सम्म सो ट्राभल एजेन्सीमा काम गरेँ ।

त्यसपछाडि साथीहरुसँग मिलेर पार्टनरका रुपमा यात्रा हिमालय भन्ने ट्रेकिङ अफिस संचालन गरेँ । म राजनीतिमा लागेपछि साथीहरुलाई जिम्मा लगाएको छु । त्यस्तै, काठमाडौमा बसोबास गर्ने उत्तरी गोरखाका मानिसहरुका आर्थिक अवस्था मजबुत बनाउन र उनीहरु पैसा सुरक्षा र व्यवस्थापनका लागि हामीले २०६५ सालमा १८ सय खोला बचत तथा ऋण सहकारी संस्था सुरुवात गरेका थियौँ । नौ वर्षसम्म तीन कार्यकाल कोषाध्यक्ष भएर काम गरँे । अहिले उत्तरी गोरखाको मनास्लु रुटमा होटल संचालन गर्न काममा लागिरहेको छु । खोर्लाबेसीमा ट्राउट माछा फार्मका साथै बाख्रा फार्म पनि संचालन गर्दै आइरहेको छु ।

गाउँपालिकाको अध्यक्ष बन्नु भएको छ, पाँच वर्षको अवधिमा के के गर्ने योजनामा हुनुहुन्छ ?

हामीले धार्चेको दिगो पूर्वाधार विकास, सुशासन, पारदर्शिता, यहाँ रहेको प्राकृतिक स्रोतहरुका सदुपयोग गर्ने, उत्पादनमा जोड दिने, बेराजगारको अन्त्य गर्दै स्थानीय स्रोत साधन परिचालन गर्दै रोजगार सिर्जना गर्ने र स्वच्छ हराभरा नमूना धार्चे गाउँपालिका बनाउने हाम्रो अभियान हो ।
जनताको पक्षमा योजना बनाउने र ती योजना कार्यान्वयन गर्नका लागि वडा अध्यक्षलाई खटाइदिने र उनीहरुले कार्यान्वयन गरेका विकास निर्माणका कार्यहरुलाई गाउँपालिकाको अध्यक्ष मण्डल सहितको टिमबाट अनुगमन हुन्छ । राम्रो काम गर्नेलाई धन्यवादसहित प्रोत्साहन गर्ने र गल्ती गर्नेलाई आत्माआलोचना सहितको सुधार्ने मौका दिइनेछ । यहाँका जनता, वडा र पालिकामा निर्वाचित जनप्रतिनिधि, कर्मचारी सबै मिलेर समृद्ध र नमूना धार्चे बनाउने अठोटका साथ हामी लागेका छौँ ।

यसअघि पालिकाले गरेका कामलाई पनि निरन्तता दिनुहुन्छ कि, नयाँ मात्र गर्नुहुन्छ ?

सबै व्यक्ति सय प्रतिशत गलत भन्ने हँुदैन र सय प्रतिशत ठिक भन्ने पनि हुँदैन । उनीहरुसँग राम्रो गुण पनि हुन्छ उसैसँग फेरि केही नराम्रो गुण पनि हुन्छ । यसअघि भए गरेका गलत कामहरुलाई त्यागेर राम्रो कामहरुलाई अध्यन गरिरहेका छाँै । यहाँका जनता र समग्र धार्चे गाउँपालिकाको विकासको पक्षमा छ भने त्यसलाई हामीले निरन्तरता दिनुपर्छ । यो हामीले हेर्न बाँकी नै छ ।

धार्चे दुर्गम छ । जनताको आवश्यकता धेरै छन, तर स्रोत साधन कम छन् । कसरी पूरा गर्नुहुन्छ ?

गोरखा तल्लो भेगसम्म जोडिएको र माथिल्लो भेग तिब्बतसँग जोडिएको छ । भूगोलको हिसावले यो अत्यन्तै गाह्रो ठाउँ हो । त्यहँमाथि गोरखाको पनि धार्चे अलि फरक छ । जनताको आवश्यकता पूरा गर्न भूगोलको हिसाबले पनि कठिन छ । यहाँ पालिका घुम्नलाई पनि चार÷पाँच दिन लाग्छ । तल जस्तो सबै ठाउँमा सवारी साधनको पहुँच छैन ।

धार्चेको विकास एकै चोटि हुने पनि होइन् । तर राज्यको स्रोत साधन सही ठाउँमा प्रयोग भयो कि भएन भन्ने मुख्य कुरा हो । त्यसैले हामी यहाँको स्थानीय स्रोत साधनलाई अधिकत्तम प्रयोग गर्दै दिगो विकासमा जोड दिन्छौँ । यहाँको सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा जोड दिनेछौँ ।

यो भन्दा अगाडि धार्चेमा स्थानीय सरकार कांग्रेसको नेतृत्वमा थियो । अव नेकपा माओवादीको तर्पmबाट म आएँ भन्दैमा दोब्बर बजेट आउने पनि होइन् । यहाँको विकास क्रमैसँग हुने छ । जनताको पक्षमा दिर्घकालीन बजेट बनाउने हाम्रो योजना छ । विज्ञहरुसँग छलफल गरेर उनीहरुले दिएको सल्लाह, सुझावका आधारमा भूगोल र यहाँको समस्या र आवश्यकता आधारमा बजेट बनाउछौ ।

विजयी भएपछि अव धार्चेका मतदाताहरुलाई के भन्न चाहानु हुन्छ ?

धार्चेका जनताले ठूलो भरोसका साथ हामीलाई पालिकाको नेतृत्वको जिम्मा लगाएको छ । यो अवसरलाई नगुमाउने हिसाबले जनतको पक्षका काम गर्छौँ । सोहि अनुसार नीति निर्माण गरी बजेट विनियोजन गर्छौँ ।

प्रतिक्रिया दिनुहोस्