
चुमनुब्री गाउँपालिका ४ मा कांग्रेसको प्यानलै विजयी
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार पेमा ग्याल्पो लामा १सय ५६ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरीङ छेम्बोलले ८५ मत प्राप्त गरे ।
चार वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मदेवार विजयी भएका छन् ।




