| मङ्लबार, कार्तिक २४, २०८३

तोलामा ९०० घट्यो सुनको मूल्य, प्रतितोला ९५ हजार ८०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो ।

आज घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार २०० रुपैयाँ छ ।


यसैगरी, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदीको कारोबार मूल्य १२ सय ५० रुपैयाँ छ । हिजो चाँदीको कारोबार मूल्य १२ सय ६० रुपैयाँ प्रतितोला थियो ।

प्रतिक्रिया दिनुहोस्