
गोरखा नगरपालिकाको मेयरमा राना, उप मेयरमा थोकर बिजयी
गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना बिजयी भएका छन् ।
नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार राजनराज पन्तलाई हराउँदै राना मेयर बनेका हुन् ।
यस अघिको स्थानीय निर्वाचनमा पन्तले रानालाई हराएका थिए भने अहिले रानाले पन्तलाई हराए ।
गोरखा नगरपालिकामा जनता समाजवादी पार्टी र माओवादी केन्द्र बिच तालमेल भएको थियो ।
तालमेल पछि प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा जनता समाजवादी पार्टीले उम्मेदवारी दिएका थिए । जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार नारायण खत्री भने पराजित बने ।
गोरखा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी मसलीमाया थोकर बिजयी बनिन् ।




