
गोरखा नगरपालिका ११ मा माओवादी केन्द्रका खड्का विजयी
गोरखा नगरपालिका वडा नं ११ मा माओवादी केन्द्रका उम्मेदवार राम बहादुर खड्का विजयी भएका छन् ।
उनले ३ सय ९० मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल कुँवरले ३ सय ६९ मत प्राप्त गरे ।
सो वडामा महिला सदस्यमा माओवादी केन्द्रबाट र अन्य तीन सदस्यमा नेपाली कांग्रेसबाट विजयी भएका छन् ।




