
धार्चे ६ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका घले विजयी
गोरखाको धार्चे गाउँपालिका वडा नं ६ मा नेकपा एमालेका उम्मेदवार धन कुमार घले विजयी भएका छन् ।
गठबन्धनको उम्मदेवारलाई पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ५ सय ६१ मत ल्याए भने गठबन्धनका तर्पmबाट नेपाली कांग्रेसका उम्मदेवार मान बहादुर गुरुङ ५ सय ५७ मत ल्याए ।
एमाले विरुद्ध कांग्रेस, माओवादी, नेकपा(एस), जसपाको गठबन्धन बनेको थियो ।
तर घलेले ४ मतान्तरले गठबन्धनका उम्मेदवार गुरुङलाई पराजित गरेको हो । घलेसँगै वडा सदस्यहरुमा पनि प्यानलै विजयी भएका छन् ।




