| मङ्लबार, कार्तिक २४, २०८३

आरुघाटमा २५६६ औँ वुद्धजयन्ती मनाइयो


विभिन्न कार्यक्रम गरी आरुघाटमा २५६६ औँ वुद्धजयन्ती मनाइएको छ । सुवर्ण वुद्ध बिहारको आयोजनामा प्रभातफेरि तथा वौद्ध सभा गरी वुद्ध जयन्ती मनाइएको हो ।


आरुघाट बजारबाट निस्केको प्रभातफेरिले सोमबार बिहान नगर परिक्रमा गरेको थियो । प्रभातफेरि सकिएपछि ११० बर्ष पुरानो सुवर्ण वुद्ध बिहारमा पूजा गरिएको थियो । पञ्चशील धारण गरिएको थियो ।


बिहारका गुठीका अध्यक्ष चैत्यराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चित्रदेव शाक्य, कृष्णकाजी श्रेष्ठ, गोमा भट्ट, वीरेन्द्र पुडासैनी, पूर्णप्रसाद श्रेष्ठ र धनकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्