
सिरानचोक गाउँपालिका ३ मा कांग्रेसका ढकाल विजयी
गोरखाको सिरानचोक गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार जगदिशस्वर ढकाल विजयी भएका छन् ।
ढकालले ९ सय ६५ मत ल्याए । उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवार ईश्वरी प्रसाद ढकालले ५ सय ७८ मत ल्याए ।
उनी सँगै वडा सदस्यहरुमा पनि कांगे्रसले प्यानलै जितेको बताइएको छ ।
सोहि वडामा पालिका प्रमुखमा नेपाली कांग्रेसलाई ९ सय ६२, माओवादीलाई ५ सय ७२ र एमालेलाई ८९ प्राप्त पाएका छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसलाई ९ सय ४८, माओवादीलाई ५ सय ३९ र एमालेलाई ९७ मत प्राप्त गरेको छ ।




