
आँबुखैरेनी ३ को वडा अध्यक्षमा कांग्रेसका दिनेश केसी बिजयी
तनहुँको आँबुखैरेनी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेश केसी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले १००८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ६०५ मत प्राप्त गरे ।
चार सदस्य मध्ये एक कांग्रेस र तीन माओवादी केन्द्रले जितेको छ ।




