
शहिद लखन गाउँपालिका ७ मा कांग्रेसका श्रेष्ठ पुनः विजयी
गोरखाको शहीद लखन गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेस उम्मेदवार शरण श्रेष्ठ विजयी भएका छन् ।
उनी दोस्रो कार्यकायका लागि पुन वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।
उनले ९ सय ३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी भरत बहादुर आलेले ७ सय ३५ मत प्राप्त गरे ।
श्रेष्ठ सहित वडा सदस्यहरुमा पनि प्यानलै विजयी भएका छन् ।




