| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी

गोरखा नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार दिलिप जोशी विजयी बनेका छन् ।

गुलाफ चिन्हबाट उम्मेदवार बनेका जोशीले जोशीले ५९९ मत ल्याउदा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आनन्द गुरुङ (काजी)ले ५०३ मत आएको छ ।

त्यस्तै, नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका सानुकाजी वन्तले २६३ मत प्राप्त गरेका छन् । वडासदस्यमा भने चारै जना काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

जसमा रञ्जिला श्रेष्ठ, सित्तलकाजी मास्के, मिलन राना मगर र मनिषा परियार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्