
धार्चे गाउँपालिका ३ मा एमालेका उम्मेदवार गुरुङ विजयी
गोरखाको धार्चे गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार शेर बहादुर गुरुङ विजयी भएका छन् ।
उनले तीन सय ८७ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी नेकपा माओवादीका उम्मेदवार रातमान गुरुङले तीन सय ७७ मत प्राप्त गरेका थिए ।
वडा अध्यक्ष बाहेक सदस्यहरुमा भने सबै माओवादीबाट निर्वाचित भएको जनाएको छ ।




