
सहिदलखन ४ मा माओवादीका यमबहादुर थापा(अरुण) विजयी
सहिदलखन गाउँपालिका ४ (साविक ताक्लुङ)को चुनावी नतिजा सार्वजनिक भएको छ ।
आइतबार बिहान सर्वजनिक नतिजा अनुसार ७७१ मत प्राप्त गरी माओवादी केन्द्रका यमबहादुर थापा(अरुण) विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वारले ४५७ मत प्राप्त गरेका थिए ।
त्यस्तै सो वडाबाट माओवादी केन्द्रका पालिका अध्यक्ष उम्मेद्वार रमेश थापाले ७२४ मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वारले ४२७ र कांग्रेस ९५ मत प्राप्त गरेका छन् ।




