| सोमवार, कार्तिक २३, २०८३

प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई हेलिकप्टरबाट काठमाण्डौँ लगियो

मतदान केन्द्रमा तनाव सिर्जना भएपछि नियन्त्रणमा लिन हवाई फायरको तयारी गर्दैगर्दा पड्कीएको प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ ।


भिमसेन थापा गाउँपालिका २ गाविस भबन ताराखसे केन्द्रमा खटिएका सहयोगकी कर्मचारी मनिषा थापा मगरलाई प्रहरीको गोली लागेको थियो ।


तिघ्रामा गोली लागेर घाईते थापा मगरलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा घ्याम्पेशालबाट हेलिकप्टरमा काठमाण्डौँ लगिएको एसपी केदार खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्