| सोमवार, कार्तिक २३, २०८३

नागरिकता खोसेपछि मतदानबाट बञ्चित


उम्मेद्वारकी पत्नीले मतदाताको परिचय खुल्ने एक मात्र कागजात नागरिकताको प्रमाणपत्र खोसेर लगेपछि गोरखा नगरपालिका १२ कुन्दुरटारका एक मतदाता मतदान गर्ने अधिकारबाट बञ्चित भएका छन् ।


वडा अध्यक्षका उम्मेद्वार रुपेश कुमालकी धर्मपत्नी पार्वती कुमालले प्यारालाइसिसबाट थलिएका स्थानीय कृष्णबहादुर कुमाल(बारपाकी)को नागरिकता कब्जा गरेपछि उनी मतदान गर्नबाट बञ्चित भएका हुन् ।


रुपेश कुमाल नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्षका उम्मेद्वार हुन् ।


पार्वतीले शुक्रबार बिहानै घरमै पुगेर नागरिकता मागेर लगेको पिडितका आफन्त वीरबहादुर कुमालले बताए ।


‘हामीले कैयौँ पटक नागरिकता फिर्ता माग्यौँ तर उहाँले दिँदै दिनुहुन्न’, उनले भने ।
कुमाल महेन्द्र मावि कुन्दर मतदानकेन्द्रका मतदाता हुन् ।

प्रतिक्रिया दिनुहोस्