| मङ्लबार, कार्तिक २४, २०८३

उम्मेद्वार ‘गतिलो’ भए जीत पक्का

निर्वाचनको दिन आउन अब केबल दुई दिन बाँकी छ । कुनै आश्चर्य नभए बुधबार र बिहिबारको घाम ढलेर शुक्रबार सूर्योदयसँगै देशभर एकै समय निर्वाचन आरम्भ हुनेछ ।


चुनाव प्रचारप्रसार, भोट माग्ने तथा यससम्बन्धी सबै खालका गतिविधि गएराती बाह्रबजेदेखि समाप्त भएको छ । अब मौन अवधि सुरु भएको छ ।
यतिबेला हर उम्मेद्वार, हर पार्टीका नेतृत्वको मुटुको ढुक्ढुकी बढिरहेको छ । राजनीतिक पार्टीका शुभेच्छुक, उम्मेद्वारका आफन्तजन, शुभचिन्तकहरुको पनि उस्तै हालत छ ।


जीतको धेरै सम्भावना भएकाहरु पनि सतप्रतिशत ढुक्का कोही छैनन्, किनभने चुनाव न हो, रातारात दृश्य परिवर्तन हुन कुनै असम्भव छैन । जीत निश्चित नहुनेहरुको हालत झन खराब छ ।


मौन अवधिमा सभा, सम्मेलन, नारा, जुलुश, प्रभावित पार्ने, दबाब सिर्जना गर्ने लगायतका कुनै गतिविधि गर्न पाइँदैन । यो अवधिमा आन्तरिक तयारी मात्र गर्नुपर्ने आचार संहितामा छ । सामाजिक सञ्जालमा चुनाव प्रचारप्रसार गर्न समेत प्रतिवन्ध छ । जाँडरक्सी खान, बेच्न समेत प्रतिवन्ध छ ।


तर उम्मेद्वार तथा पार्टीका नेता, कार्यकर्ताहरु भूमिगत शैलिमा भोट मागिरहेका हुन्छन् । प्रलोभन र दबाबका काम यतिबेला झन तीब्र रुपमा हुने गर्छन् । जति कडा आचार संहिता लागु हुन्छन्, त्यति नै तीबै रुपमा उल्लंघन गर्ने चलन छ । यसबारेमा जानकार सबै हुन्छन्, तैपनि कहिल्यै यस्ता गतिविधि नियन्ण गरिएको खबर सुन्नमा आएको छैन ।


यदि उम्मेद्वार छनौट गर्दा ‘गतिलो’लाई टिकट दिएको भए अहिले यति धेरै चिन्ता र तिक्डम गर्नु पर्दैनथ्यो । उनको व्यक्तित्वले यसै पनि मत प्राप्त गथ्र्यो । उम्मेद्वार ‘गतिलो’ भए कहीँ कतै धाँधली गर्नुपनि पर्दैनथ्यो । चिन्ता पनि गर्नु पर्दैनथ्यो । अबका दिनमा राजनीतिक पार्टीहले उम्मेद्वार छनौटमा धेरै नै अध्ययन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्