| मङ्लबार, कार्तिक २४, २०८३

बैशाख २८ र २९ गते जिल्ला प्रशासनमा सेवा बन्द हुने

स्थानीय निर्वाचनमा कर्मचारी खटिएका कारण जिल्ला प्रशासन कार्यालयले बैशाख २८ र १९ गते प्रवाह गर्न नसक्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज एक सुचना जारी गर्दै नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र र सिफारिस संम्बन्धी सेवा बन्द भएको बताएका हुन् ।

कर्मचारी मतदान कार्यमा खटिएकाले दुईदिन सेवा बन्द गर्नुपरेको प्रजिअ आचार्यले बताए । अन्य अत्यावश्यक काम भने नियमित हुनेछ ।

कर्मचारीहरु स्थानीय निर्वाचनमा खटिएका कारण गाउँपालिका, प्रदेश र संघ मातहतका अन्य कार्यालयहरुको सेवा पनि अहिले प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्