
अजिरकोटमा पूर्वाधार विकास र प्रविधियुक्त गाउँपालिका बनाउने माओवादीको योजना
नेकपा माओवादी केन्द्र अजिरकोट गाउँपालिका गोरखाले संकल्प पत्र सार्वजनिक गरेको छ । ‘समाजवादी यात्रा, नयाँ थिति ः जनताको पालिका, जनमुखी नीति’ भन्ने मूल नाराका साथ संकल्प पत्र सार्वजनिक गरेको हो । पूर्वाधार, सुशासन र प्रविधियुक्त गाउँपालिका बनाउन संकल्प पत्रमा प्राथमिकताका दिइएको छ । अजिरकोट गाउँपालिकामा भ्रष्टचारको अन्त्य गर्दै पूर्वाधार विकास, गरिबी निवारण, प्रविधिमैत्री प्रशासनिक काम र एकीकृत कम्युटर सफ्टवेयर प्रणाली पालिका सेवाहरु प्रवाह मुख्य प्राथमिकता रहेको अध्यक्ष पदका उम्मेदवार दीपक देवकोटाले बताए ।
शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, सिंचाई तथा भूमिसुधार, विद्युत तथा उर्जा, सडक, भौतिक पूर्वाधार तथा सामाजिक विकास, श्रम तथा रोजगार, सार्वजनिक सेवा प्रवाह, सुशासन र पारदर्शिता, संस्कृति र पर्यटनलाई मुख्य प्राथमिकता दिएको संकल्प पत्रमा उल्लेख गरिएको छ । खेलकुदको विकास, बसाइँसराइ नियन्त्रण तथा व्यवस्थित ग्रामीण बसोबास र विविध पक्षलाई समेटेर संकल्प पत्र सार्वजनिक गरेको हो ।
सार्वजनिक सेवा प्रवाहमा सुशासन र पारदर्शिता अपनाउदैं वडा कार्यालय निर्माण, वडा कार्यालय तथा सार्वजनिक निकायहरबाट प्रवाह हुने सेवालाई अत्याधुनिक, सर्वसुलभ र प्रविधियुक्त बनाउने प्रस्ताव गरिएको छ । जनतालाई सेवा दिन कर्मचारीलाई उत्तरदायी संयन्त्रको रूपमा विकास गर्दै उत्कृष्ठ र जनमुखी कार्य सम्पादनको लागि अभिप्रेरित गरी सार्वजनिक सेवामा हुने अनियमितता, ढिलासुस्ति निषेध गर्ने लक्ष्य छ ।
पालिकाभित्रका सबै सडक पाँच बर्षभित्र कालोपत्रे गर्ने, अजिरकोटका हरेक बस्ती र टोलहरू जोड्ने कृषि र हरित सडक पु¥याउने, एकीकृत पालिका स्तरीय सडक सञ्जाल र राष्ट्रिय राजमार्गसंग जोडने गरी तल्लो क्षेत्रका बस्ती समेटेर बाहिरि चक्रपथ र माथिल्लो भेगलाई जोड्ने गरी भित्रि चक्रपथ निर्माण गर्ने उम्मेदवार देवकोटाले बताए ।
आगामि पाँच बर्षभित्र अजिरकोटलाई पूर्ण साक्षर पालिका बनाउने, सामुदायिक सिकाई केन्द्रको स्तर उन्नति र क्षमता अभिबुद्वि गर्ने आवश्यकता अनुसार घुम्ति सिकाई कार्यक्रम लागु गर्ने, पालिका स्तरीय एकीकृत सुविधा सम्पन्न नमुना प्राविधिक शिक्षा तथा सिप विकास प्रशिक्षण केन्द्र स्थापना गर्ने संकल्प पत्रमा उल्लेख छ ।




