| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्रीमा खटिएका म्यादी प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट काठमाण्डौँ लगियो

उत्तरी गोरखाको चुमनुब्री गाउँपलिका ३ मा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ ।

पाङसिङ आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका धार्चे गाउँपालिका ३ खोर्लाका घले आज बिहानदेखि बिरामी भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्दिबाट लगिएको तर निको नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ पठाइएको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।

गृहमन्त्रालय सँगको समन्वय नेपाली सेनाको हेलिकप्टरबाट म्यादी प्रहरीको तत्काल उद्धार भएको गोरखाका प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताए । ‘घटना थाहा भएपछि हामीले गृहमा जानकारी गरायौँ, अहिले उपचारकालागि काठमाण्डौँ लगिएको छ’ उनले भने ।
५१ व्र्षिय घले निर्वाचन सामग्री सहित टोली सँग आईतवार मतदान केन्द्रमा पुगेका थिए ।

आज बिहान पेट दुखेर समस्या भएपछि काठमाण्डौँबाट विषेशज्ञ चिकित्सकले भिडियो कन्फरेन्स गरेर बिरामीको अबस्था बुझेका थिए । सिर्दिबासमा उपचार संभव नभएपछि प्रजिअ आचार्यको पहलमा उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका तिब्बत सँग सिमाना जोडिएको पालिका हो । त्यहाँ अहिले सम्म सडक सञ्जाल पुगेको छैन । दुर्गम भएकै कारण बिरामी हुँदा स्थानीयले हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्