
रुखबाट लडेर घाइते ढकालको मृत्यु
बिहीबार रुखबाट लडेर घाइते भएका अजिरकोट गाउँपालिका ३ काफलडाँडा दवाडी गाउँका दिपक ढकालको निधन भएको छ । बाख्रलाई घाँस काट्न खनायोको रुखमा चढेका २६ वर्षका ढकाल सोही रुखबाट लडेर घाइते भएका थिए ।
घाइते ढकाललाई भच्चेकमा सामान्य उपचारगरी थप उपचारको लागि चितवन स्थित चिवन मेडिकल कजेल पु¥याइएको थियो । लडेर टाउकोमा चोट खेपेका ढकाललाई बिहीबार साँझ नै चितवन मेडिकल कलेजले मृत घोषित गरेको हो ।
अस्पतालले मृत भनेर बताइसकेपछि जिल्ला अस्पताल गोरखामा ल्याई शुक्रबार पोस्टमार्टम गरी सतकत गरिएको दाजु ऋषिराम ढकालले जानकारी दिए । ढकाल शुक्रबार मात्रै बैदेशिक रोजगारीको लागि काठमाडौँ जाने तयारीमा समेत थिए ।




