| मङ्लबार, कार्तिक २४, २०८३

रिता फाउण्डेशनद्वारा १४ जना महिला उद्यमीलाई सम्मान

गोरखा नगरपालिकाका १४ जना महिला उद्यमी सम्मानित भएका छन् । रीता फाउन्डेशनको वार्षिक समारोह तथा संस्थापक अध्यक्ष रीता परियारको जन्म दिनको अवसरमा शनिबार आयोजित एक कार्यक्रमका बिच नगरभित्रका हरेक वडाबाट उनीहरुलाई सम्मान गरिएको हो ।

No description available.

सम्मानित हुनेहरुमा राधा रम्तेल, प्रमिला उपरकोटी, खालिदा जिया, सर्मिला रोका, गंगा थापा, सानुमाया थापा, सिता दराई, भगवति परियार, उषा श्रेष्ठ, सम्झना खड्का, निर्मला अधिकारी, शारदा खत्री, कोपिला भट्ट र कमला कोइराला रहेका छन् ।

नगरपालिका भित्र सिलाई बुनाई, बाख्रा पालन, ढाका उद्योग, च्याउ खेती, तरकारी व्यवसाय, होमस्टे, किराना पसल लगायत महिला उद्यमी क्षेत्रमा लागेको महिलाहरुलाई सम्मान गरिएको रिता फाउण्डेशनकी अध्यक्ष रिता परियारले बताईन । उनीहरु प्रमाणपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

परियारले अहिले महिलाहरु घरभित्रको चुलोचौकामा मात्र सिमित नरही उद्यमी क्षेत्र तर्पm पनि अग्रसर हुदै गएको बताइन् । समाज परिवर्तन गर्न, महिला प्रतिको विभेद अन्त्य गर्न माहिलाको आर्थिक स्तर सुधार गर्न जरुरी रहेको उनले बताईन् । उद्यम क्षेत्रमा लागेका महिलाहरुको हौसला बढाउन सम्मान कार्यक्रम राखिएको उनले बताइन् ।

No description available.

संस्थाकी सभापति रिता परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गण्डकी प्रदेश सांसद मनकुमारी गुरुङ, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, महिला उद्यमी संघ नेपालका अध्यक्ष रिता रेग्मी, लायन्स क्लव अफ गोरखा कालिकाकी अध्यक्ष मिनादेवी श्रेष्ठ, कपडा ब्यवशायी संघका अध्यक्ष सरदबाबु श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष सिताराम तिवारी, मञ्जु अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटालगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्