| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा ३७ जनालाई फेरि वडा अध्यक्ष बन्ने रहर !, अधुरा काम पुरा गर्ने ‘नारा’

यसअघिको कार्यकालमा वडाअध्यक्ष पदमा रहेका गोरखाका ३७ जनाले पुनः वडा अध्यक्ष बन्ने चाहना राखेर उम्मेदवारी दिएका छन् । ९४ वटा वडा रहेको गोरखामा एकजना स्वतन्त्रबाट र ३६ जनालाई राजनीतिक पार्टीले दोस्रो पटकको लागि उम्मेदवार बनाएको हो । दोहोरिने सबैजसोले ‘अधुरा काम पूरा गर्ने’ मुख्य नारा बनाएका छन् ।

गोरखा नगरपालिकामा ९ जना वडा अध्यक्षले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका वडा नम्बर १ मा हिक्मत बहादुर कुँवर, २ मा रहमतुल्ला मियाँ, ४ मा खोपबहादुर अधिकारी, ८ मा कृष्ण केसी, ९ मा कुलबहादुर कुँवर, १२ मा डिलबहादुर थापा उम्मेदवार बनेका छन् । कांग्रेसको तर्फबाट यसअघि गोरखा नगरपालिकामा बिजयी ८ वडा मध्ये ६ जना वडा अध्यक्षमा पुन दोहोरिएका छन् ।
माओवादी केन्द्रबाट वडा नम्बर ७ मा बिष्णुप्रसाद श्रेष्ठ, ११ मा रामबहादुर खड्का, १३ मा हरि खनाल दोहोरिएका छन् । यसअघि तीनवटा वडा जितेको माओवादीले सबै वडा अध्यक्षलाई दोस्रो कार्यकालका लागि पनि टिकट दिएको हो ।

पालुङटार नगरपालिकामा चारजना वडा अध्यक्ष दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । वडा नम्बर १ का जनता समाजवादीबाट वडा अध्यक्ष बनेका कृष्णबहादुर परियार ५ मा जसपाकै दिपक पाण्डे, नेपाली कांग्रेसबाट वडा नम्बर ९ मा वडा अध्यक्ष भएका भेजराज पाण्डे र माओवादी केन्द्रबाट बिजयी वडा नम्बर १० का अध्यक्ष ऋषिराज धौराली पुन प्रतिस्पर्धामा छन् ।

सिरानचोक गाउँपालिकामा २ जना यसअघिका वडाअध्यक्षले दोहोरिने कसरत गरेका छन् । जनता समाजवादीबाट वडा नम्बर ५ मा सन्तोष गुरुङ र ६ मा कांग्रेसका नारायण दानी दोहोरिएका छन् ।

नेपाली कांग्रेसबाट वडा अध्यक्षमा पुनः उम्मेदवारी दिएका सिरानचोक ६ का नारायण दानी वडाबासीको सपना अझै पूरा भईनसकेकाले आफु उठ्नुपरेको बताए । बजारबाट नजिक भएर पनि सिरानचोक ६ पछाडी परेको बताउँदै उनले भने ‘यो गाउँको अधुरो काम, योजना, विकास निर्माणको काम पूरा गर्न म अर्को एक पटक उम्मेदवार बनेको हुँ ।’ जनताको चाहना अनुसार नै आफु वडा अध्यक्ष हुन लागेको दावी उनको छ ।
चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का रामकुमार गुरुङ दोहोरिएका छन् भने अन्य सबै नयाँ छन् ।
धार्चे गाउँपालिकामा तीनजना वडा अध्यक्ष दोहोरिएका छन् । वडा नम्बर ४ मा यसअघिको कार्यकालमा कांग्रेसबाट विजयी भएका राज गुरुङ, ६ तुलबहादुर गुरुङ, वडा नम्बर ६ मा एमालेबाट बिजयी भएका धनकुमार गुरुङ दोहोरिने कसरत गरेका छन् ।

नेकपा एमालेबाट धार्चे गाउँपालिका ६ को वडा अध्यक्षमा पुन उम्मेदवार बनेका धनकुमार घलेले दुर्गम गाउँमा बिकासको संभावना रहेको र आफुले सुरु गरेका काम पूरा गर्न फेरि उम्मेदवार बनेको बताए । ‘वडा अध्यक्ष भएपछि मैले ठुला ठुला योजना र कार्यक्रम गाउँमा सुरु गराएँ, अब यत्तिकै छाड्नु भएन, पूरा आफैँले गर्नुपर्छ भनेर फेरि उठेको हुँ’ उनले भने ।

आरुघाट गाउँपालिका चारजना वडाअध्यक्षले यसपटक पनि दोहोरिएने तयारी गरेका छन् । वडा नम्बर ३ मा एमालेबाट शिरबल बराम, नेकपा एकीकृत समाजवादीबाट वडा नम्बर ३ मा नारायणध्वज खड्का, वडा नम्बर ७ मा स्वतन्त्रबाट रणबहादुर बराम, वडा नम्बर ८ मा कांग्रेसबाट मुरारी खनाल दोहोरिने तयारीमा छन् ।

भीमसेन थापा गाउँपालिका दुई जनाले पनि कार्यकाल दोहोउने आकांक्षा राखी उम्मेदवारी दिएका छन् । वडा नम्बर २ मा नेपाली कांग्रेसका नारायण भट्टराई, वडा नम्बर ७ मा माओवादी केन्द्रबाट नारायण श्रेष्ठले दोहो¥याएर उम्मेदवारी दिएका हुन् ।

शहीदलखन गाउँपालिकामा चारजना वडा अध्यक्षले पुन उम्मेदवारी दिएका छन् । एमालेबाट वडा नम्बर २ का अच्युत थापा, वडा नम्बर ३ का गणेश थापा, वडा नम्बर ५ मा माओवादीबाट यमबहादुर थापा मगर, ६ मा कांग्रेसबाट दिलिप थापा, ७ मा शरण श्रेष्ठले पुन उम्मेदवारी दिएका हुन् ।
बारपाक सुलिकोट गाउँपालिकामा तीन जना वडाअध्यक्षले दोहो¥याएर उम्मेदवारी दिएका छन् । वडा नम्बर ४ का भीमबहादुर गुरुङ, ६ का बाबुलाल गुरुङ, ७ का कृष्ण गुरुङले माओवादी केन्द्रबाट पुन उम्मेद्वारी दोहो¥याएका हुन् ।

पुन वडा अध्यक्षमा उम्मेदवारी दिएका कृष्ण गुरुङ जनताले अनुभूति गर्ने गरी सबै बिकासका काम पाँच वर्षमा पुरा गर्न नसकेर दोहो¥याउन खोजेको बताउँछन् । ‘पहिलो कार्यकालमा सबै आवश्यकता पूरा गर्न सकिएन’, उनले भने ‘अधुरो काम पूरा, स्वास्थ्य, शिक्षामा सुधार गर्न फेरि उम्मेदवार बनेको हुँ ।’ यसअघि सुरु भएका काम सम्पन्न गर्न, वडाभित्रको ग्याजी तामा खानीको उत्खनन्, स्तुल खोलामा मोटरेबल पुल जस्ता ठुला योजनालाई पूरा गर्ने योजना रहेको उनले बताए ।

अजिरकोट गाउँपालिकामा एक जना वडा अध्यक्षले पुन उम्मेदवारी दिएका छन् । वडा नम्बर ४ मा कांग्रेसका जंगबहादुर गुरुङले पुनः उम्मेदवारी दिएका हुन् ।

गण्डकी गाउँपालिकामा दुईजना वडाअध्यक्षले पुन दोहो¥याएर उम्मेद्वारी दिएका छन् । वडा नम्बर २ मा कांग्रेसका देउबहादुर गुरुङ र वडा नम्बर ८ मा माओवादीका तुलसी रेग्मीले उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्