| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाद्वारा योजना तर्जुमा प्रक्रियाबारे टोल सुधार समितिसँग छलफल

गोरखा नगरपालिकाले योजना तर्जुमा प्रक्रिया बारे टोल सुधार समितिसँग छलफल गरेको छ । बिहिवार स्थानीय सरकारको वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रिया तथा बजेट समीक्षा कार्यक्रम भएको हो ।

कार्यवाहक नगर प्रमुख बिना कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले नगरपालिकाले बजेट बनाउने प्रक्रिया बारे जानकारी गराएका थिए ।

कार्यक्रममा नगरपालिकाको आन्तरिक आम्दानी कसरी हुन्छ ? खर्च कुन कुन क्षेत्रमा गर्न पाइन्छ ? करको दायरा के(के हुन्छ ? भन्ने विषयमा जानकारी गराएका थिए । सहभागीहरुले करको दायरा घटाएर दिगो बिकास, प्रत्यक्ष नागरिकसँग सरोकार राख्ने विषयमा धेरै ध्यान दिनुपर्नेमा जोड दिए ।

टोल, वडा हुँदै नगरकार्यपालिकामा आउने योजना छनौटमा सहभागी हुन, टोल सुधार समितिको सक्रिय सहभागिता जनाउन, योजना कार्यान्वयनमा पनि सक्रिय हुन कार्यवाहक मेयर बीनाकुमारी श्रेष्ठले अनुरोध गरिन् ।

सोच नेपालको समन्वयमा गोरखा नगरपालिकामा उक्त कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्