| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसलाई सघाउन जसपा गोरखालाई केन्द्रको निर्देशन

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसलाई सघाउन जनता समाजवादी पार्टी गोरखालाई केन्द्रिय समितिले निर्देशन दिएको छ । जसपाका बरिष्ठ नेता तथा स्थानीय निर्वाचन परिचालन मुल समितिका संयोजक अशोक कुमार राईले जसपा गोरखालाई गठबन्धन उम्मेदवारलाई सहयोग गर्न भन्दै परिपत्र गरेका हुन् ।


‘नेपाली कांग्रेसले पालुङटार नगरपालिकाको प्रमुख पदमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सहयोग र समर्थन गर्ने तथा पालुङटार नगरपालिकाको उप प्रमुख र गोरखा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई जनता समाजवादी पार्टीले सहयोग, समर्थन गर्ने सहमती र निर्णय भएको छ ।’ पत्रिपत्रमा भनिएको छ ।


जसपा गोरखालाई जिल्ला कार्य समिति लगायत मतहतका सबै पार्टी निकाय र पार्टीको बिभिन्न जिम्मेवारीमा रहनु भएका सबैलाई गोरखा नगरपालिकाको प्रमुख र पालुङटारको उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी गराउन शक्रिय रहन नेता राईले निर्देशन गरेका छन् ।


गोरखा नगरपालिकामा कांग्रेसबाट मेयर पदका राजनराज पन्तले उम्मेदवारी दिएका छन् । उप मेयरमा कांग्रेसबाट मसलीमाया थोकर उम्मेदवार छिन् । जसपाबाट पनि उप मेयरमा भने नारायण खत्री उम्मेदवार छन् । खत्रीले माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार कृष्ण राना सँग चुनावी तालमेल गरेपछि जसपा केन्द्रले मेयरमा कांग्रेसलाई सघाउन निर्देशन गरेको जनाएको छ ।


यस्तै पालुङटारमा जसपाबाट मेयरमा प्रेम गुरुङ उम्मेदवार छन् । कांग्रेसबाट मेयरका उम्मेदवार दिपक बाबु कंडेलको उम्मेदवार फिर्ता लिएर केन्द्रिय समितिले मेयरमा जसपालाई सघाउन निर्देशन गरको छ । उप मेयरमा भने कांग्रेसकी चेतकुमारी श्रेष्ठलाई सघाउने जसपा र कांग्रेसका केन्द्रिय नेताहरु बिच सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्