| सोमवार, कार्तिक २३, २०८३

हरमटारीमा स्कुटर र मोटरसाईकल ठोक्कियो, स्कुटर चालक युवती घाईते

गोरखा सदरमुकामको हरमटारीमा बिहानै दुर्घटना भएको छ । प्र ३–०२०१२ प ७५६१ नम्बरको बाईक र बा–०२०३ प २८९० नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।


दुर्घटनामा स्कुटर चालक गोनपा ६ कि बिनिता राना घाईते भएकी छिन् । उनको गोरखा अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल चालक गोनपा ५ का रुपेश थापा घाईते छैनन् । दुर्घटनाग्रस्त स्कुटरमा क्षती धेरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्