| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा होटल रेष्टुरेन्ट सहित पसलहरु राती ९ः३० सम्म मात्रै खोल्न पाईने

गोरखामा होटल रेष्टुरेन्ट तथा अन्य पसलहरु बैशाख २५ गतेदेखि जेठ ७ गते सम्म राती ९ः३० बजे सम्म मात्र संचालन गर्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमवार भएको जिल्ला निर्वाचन सुरक्षा संम्बन्धी सर्वदलिय छलफलले निर्वाचनको मौन अवधीमा मदिरा बिक्री र सेवन गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

राजनीतिक दलहरुले सभा सम्मेलन ¥याली गर्दा एकै ठाउँ, एउटै समयमा नगर्ने, सभा सम्मेलन गर्दा प्रहरी र स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्नेछ । सामाजिक सद्भाव कायम राखेर कार्यक्रम संचालन गराउनुपर्नेछ । स्थानीय तह निर्वाचन २०७९ लाई पूर्ण रुपमा पालना गर्न गराउन राजनीतिक दलका प्रमुखहरुले प्रतिवद्ध रहेको बताएका छन् ।

स्थानीय एफ् एम् रेडियो, पत्र पत्रिकाले निर्वाचन आचारसंहिता भित्र रहेर प्रचार प्रसार गर्ने, निर्वाचन बिरोधी कार्यक्रम प्रशारण, प्रकाशन नगर्ने, भ्रामक सुचना प्रवाह नगर्ने÷नगराउने निर्णय पनि बैठकले गरेको छ ।

निर्वाचनको समयमा गोरखामा आवस्यक पर्ने अत्यावस्यक बस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स लगतय संघ संस्थाले ब्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी संकहरी आचार्यले बताए ।

बैठकमा मूख्य निर्वाचन अधिकृत दिनबन्धु बराल, प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्य, राजनीतिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, संघ संस्थाका प्रमुख लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्