
गोरखा नगर प्रमुखमा ८, उपप्रमुखमा ६ जना भिड्दै
मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले गोरखा नगरपालिका भित्रको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरेको छ । मूख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले शुक्रवार बेलुकी उक्त नामावली प्रकाशन गरेका हुन् ।
गोरखा नगरपालिकाको मेयर पदका लागि ८ जना बिच प्रतिस्प्रर्धा हुने भएको छ भने उप मेयरका लागि ६ जना भिड्दैछन् । १४ वटा वडाको अध्यक्ष पदका लागि ७४ जना बिच चुनाव हुने भएको छ । सबैभन्दा धेरै वडा नम्बर ११ मा ८ जना प्रतिषपर्धामा छन् । स्वतन्त्र उम्मेदवारलाई गोरखामा शनिवार निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
गोरखा नगरपालिका मेयरमा उम्मेदवारी दिएकाहरु ।
१. कृष्णबहादुर तामाङ / मंगोलनेशनल अर्गनाईजेशन
२. कृष्णबहादुर राना / नेकपा माओवादी केन्द्र
३. नारायणबाबु आचार्य / नेकपा (माक्सवादी, लेनिनबादी)
४. योगेन्द्र कुमाल / स्वतन्त्र
५. राजनराज पन्त / नेपाली कांग्रेस
६. रुद्रराज पाण्डे / राप्रपा
७. सम्झना देवकोटा / नेकपा एमाले
८. सानुमाया बस्नेत / नेकपा एकिकृत समाजवादी
गोरखा नगरपालिकामा उप–प्रमुख पदमा उम्मेदवारी दिएकाहरु ।
१. देवीबहादुर बस्नेत / नेकपा एमाले
२. नारायण खत्री / जनता समाजवादी
३. मन्सु गुरुङ / मंगोलनेशनल अर्गनाईजेशन
४. मसलीमाया थोकर पुन / नेपाली कांग्रेस
५.यादव बहादुर बस्नेत / नेकपा एकिकृत समाजवादी
६. सम्झना लामिछाने / राप्रपा




