
गोरखाका मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृतलाई २२ गते तालिम दिइने
स्थानीय निर्वाचनका लागि गोरखामा खटिने मतदान अधिकृतहरुलाई बैशाख २२ गते तालिम दिने तयारी भएको छ । बैशाख ३० गते हुने निर्वाचनमा मतदान केन्द्रमा गर्नुपर्ने काम, तयारी, योजनाका बारेमा जानकारी गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन लागिएको हो ।
‘एउटा केन्द्रका दुई जना कर्मचारी गरेर तीन सय ११ केन्द्रमा खटिने सबैलाई तालिम दिनेछौँ’ निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोईरालाले भने ।
यस्तै निर्वाचनका लागि गोरखाको चुमनुब्री गाउँपालिकामा मतपेटिकका लगायत सामग्री ढुवानी गर्न निर्वाचन आयोग सँग हेलिकप्टर माग गरिएको छ । सडक सञ्जालले नजोडिएको करिब १७ वटा केन्द्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानीका लागि अनुरोध गरिएको र सकारात्मक संकेत मिलेको कोईरालाले बताए ।




