| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटारमा टेलर्स र सेनेटरी पसलमा आगलागी हुँदा एक करोडको क्षती

पालुङटारमा शुक्रवार बिहान दुईवटा पसल घरमा आगलागी भएको छ । वडा नम्बर ५ मा रहेको शम्भुलाल परियारको सन्देश टेलर्सबाट आगलागी भएको हो । विद्यूत सर्ट भएर त्यहाँबाट सुरु भएको आगोले सँगै रहेको शास्किय सेनेटरी सप्लायर्स पूर्ण रुपमा ध्वस्त भएको छ । सेनेटरी सप्लायर्समा मात्रै करिब ९० लाख भन्दाबढिको क्षती भएको छ । टेलर्समा पनि पूर्ण क्षती छ ।

‘टेलर्स र सेनेटरीमा गरेर करिब एक करोडको क्षती भएको अनुमान गरिएको छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले भने । शुक्रवार बिहान साँढे चार बजे आगलागी भएको प्रहरीले जनाएको छ । टेलर्सबाट सल्किएको आगोले एक घण्टा भित्रै दुबै पसल ध्वस्त बनाएको सेनेटरी पसलका संचालक सुरज श्रेष्ठले बताए ।

‘मैले बिहान थाहा पाउँदा आगो दन्किरहेको थियो, निभाउन प्रयास भयो तर सकिएन, सबै ध्वस्त भयो’ सेनेटरीका संचालक सुरज श्रेष्ठले भने । कसरी आगालगी भयो भन्ने बारे थाहा नभएको उनले बताए । पालुङटारका स्थानीयले पानी, माटो हालेर आगो निभाएका थिए । बिहान करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । पालुङटारमा दमकल छैन । ब्यास नगरपालिकाबाट मगाइएको दमकल ठाँटीपोखरी एरपोर्ट आईपुग्दा स्थानीयले आगो निभाई सकेका थिए । पसलमा रहेका सबै सामग्री जलेर ध्वस्त भएको संचालक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्