
पालुङटारको ठाँटीपाेखरीमा आगोलागी हुँदा दुई वटा पसल जलेर नष्ट
गोरखाकाे पालुङ्गटार स्थित ठाँटीपाेखरीमा आगोलागी भएकाे छ । आज बिहान आगोलागी हुँदा ठाँटीपाेखरी बजारकाे नगरपालिकाचाेक नजिकै रहेकाे दुई पसल जलेर नष्ट भएकाे स्थानीयहरुले बताएका छन ।
सस्किया सेनेटरी एण्ड सप्लायर्स र संगै रहेकाे शन्देश टेलर्समा आगोलागी हुदा दुवै पसल पूर्णरुपमा ध्वस्त भएकाे सस्किया सेनेटरी एण्ड सप्लायर्सका सञ्चालक सुरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहान ४ बजे पसलमा आगाेलागी भएकाे थाहा पाएकाे हो ।
हाल स्थानीय र प्रहरीकाे सकृयतामा आगाेलागी नियन्त्तणमा आएकाे छ । आगाेलागी के कसरी भयाे भन्ने आफुलाई कुनै अनुमान नभएकाे बताएका छन । घटनाबाट के कति क्षती भयाे भन्ने समेत विवरण आइसकेकाे छैन । घटनाकाे अनुसन्धान भइरहेकाे ठाँटीपाेखरी प्रहरीले जनाएकाे छ ।




