| मङ्लबार, कार्तिक २४, २०८३

वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि गोरखामा १९५७ जनाको उम्मेद्वारी दर्ता

गोरखामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा १ हजार ९ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ स्थानीय तह रहेको गोरखामा स्थानीय तहको प्रमुख÷उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागी उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिकामा मेयर उपमेयर सहित बिभिन्न पदका लागी ३ सय १७ जनाले उम्मेदवारी दिएका छन् । मेयरमा ९ उपमेयरमा ८ जनाको उम्मेदवारी परेको छ । नगरपालिका भित्रका १४ वडाको अध्यक्षका लागी ८७ जनाको उम्मेदवारी परेको र सदस्यमा २ सय ६७ जनाले उम्मेदवारी दिएको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए ।
पालुङटार नगरपालिकामा कुल ३ सय १३ जनाले उम्मेदवारी दिएका छन् । मेयर पदका लागी १२, उपमेयरमा ७ र बाँकीले वडाध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।

सिरानचोक गाउँपालिकाको बिभिन्न पदमा २ सय ८ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा ७, उपप्रमुखमा ८ र वडा अध्यक्षमा ४६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बाए ।

धार्चे गाउँपालिकामा १ सय ४४ जनको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा ५÷५ जना र वडा अध्यक्षमा २९ जनको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आरुघाट गाउँपालिकामा २ सय ४४ को उम्मेदवारी परेको छ । अध्यक्षमा ६, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ४९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रीधर गौतमले बताए ।

भिमसेन थापा गाउपालिकामा १ सय ७८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ६, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ३९ जनाको उमदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अजिरकोट गाउपालिकामा १ सय २३ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागी ८, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए ।

शहिद लखन गाउँपालिकामा १ सय ८६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ६ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा बिभिन्न पदका लागी ६ सय ६१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ४० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए ।
गण्डकी गाउँपालिकामा १ सय ६९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा ९, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ३८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चुमनुव्री गाउँपालिकामा ७५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा ५, उपाध्यक्षमा ४, वडा अध्यक्षमा १९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए । वडा नम्वर ६ को अध्यक्ष सहित ८ सदस्यमा भने एकल उम्मेदवारी परेको उनले जानकारी दिए । साभारःअनलाइनखबर

प्रतिक्रिया दिनुहोस्