| सोमवार, कार्तिक २३, २०८३

चुमनुब्रीमा वडा अध्यक्ष सहित ८ जना निर्विरोध

गोरखाको चुमनुब्री गाउँपालिकामा वडा अध्यक्ष सहित ८ जना निर्विरोध चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्इहरु सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको हो ।

वडा समिति नै सर्वसम्मत भएको छ । अध्यक्ष र सदस्य माओवादी केन्द्र र दुईवटा सदस्य कांग्रेसले बाँडेका हुन् ।

यस्तै चुमनुब्री गाउँपालिका वडा नम्बर १ मा काग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामापनि निर्विरोध भएका छन् ।

वडा नम्बर २ मा माओवादीको तर्फबाट लाक्पा डिकी सदस्यमा निर्विरोध भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्