| मङ्लबार, कार्तिक २४, २०८३

कल सेन्टर मार्फत जिज्ञासा मेटाउदै आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ‘कल सेन्टर’ को स्थापना गरेको छ । कल सेन्टरमा आएका जिज्ञासा तत्काल समाधान गर्ने गरेको कल सेन्टरका प्रमुख मधुसुदन पुडासैनीले बताउनुभयो ।

निर्वाचनका बेला नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न गत चैत १५ गतेदेखि औपचारिकरुपमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

कल सेन्टर सञ्चालनमा आएदेखि तीन हजार ८५१ वटा जिज्ञासाहरु आएको कल सेन्टरका प्रमुख पुडासैनीले बताउनुभयो । उहाँका अनुसार कल सेन्टरमा बैशाख ८ गतेसम्म तीन हजार ३२३ र त्यसपछि एकै दिन १९९, २०५ वटा जिज्ञासाहरु आएको छ ।

ती जिज्ञासाको समाधान गर्न नौ जनाशक्ति खटाइएको छ । भने आफूले नसकेको अवस्थामा सम्बन्धित महाशाखाका प्रमुखलाई सम्पर्कमा ल्याएर जिज्ञासाको समाधान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

पुडासैनीका अनुसार विगतमा ११ अंक नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकोमा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले चार अंकको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो । भने, स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।

निर्वाचनमा उत्सकताका साथ सहभागि हुन अनुरोध गर्दै प्रमुख पुडासैनीले भन्नुभयो–“अहिले पहिलेको चुनावमा जस्तो कार्यक्रमहरु राखिएको छैन, मतपत्र पनि लामो छ केही ‘कन्फ्यूज’ हुन सक्छ, त्यसले पनि जिज्ञासाहरु धेरै आइरहेको छ ।” यसले सर्वसाधारण जनता, उम्मेदवार, राजनितिकर्मी, पत्रकार, पर्यवेक्षकलगायतलाई सहज भएको आयोगले जनाएको छ ।

उहाँका अनुसार अझै मतदातामा जनचेतनाको कमी छ । यसले भोटमा कमी आउन सक्ने हुँदा सबैले मतदानसम्बन्धी जनचेतना फैलाउन जरुरी छ । निर्वाचनमा उम्मेदवारको चुनाव चिन्ह कसरी चिन्ने रु पोष्टर कहाँ टाँस्ने रु टाँस्न पाइन्छ की पाइँदैन रु निर्वाचन आचारसंहिता उल्लंघन गरे के हुन्छ रु कस्तो साइजको पोस्टर टाँस्न पाउने रु नगर प्रमुख, उपप्रमुख, अध्यक्षले राजीनामा दिनुपर्ने कारण के हो रु पर्यवेक्षकको काम के हो रु लगायतका जिज्ञासाहरु कल सेनटरमा आएको पुडासैनीले बताउनुभयो ।

निः शुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर टेलिफोनमार्फत् सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरिरहेकाले यसको प्रभावकारिता राम्रो रहेको पुडासैनीको विश्वस छ । आयोगले विगतदेखि नै निर्वाचनका समयमा कल सेन्टर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्