
लाप्राक–काठमाडौ सम्पर्क समितिको सभापतिमा श्रीबहादुर गुरुङ
धार्चे गाउँपालिका ४ स्थित लाप्राकका स्थानीयहरु भेलाले लाप्राक काठमाडौ सम्पर्क समिति गठन गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गरेको विभिन्न गतिविधि संचालन गर्नका लागि सोमबार समिति गठन गरेको हो ।
श्रीबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यी समिति गठन गरेको समितिका सल्लाहाकार मणी गुरुङले जानकारी दिए । समितिको उपसभापतिमा संगीता गुरुङ, सचिवमा गंगा गुरुङ, कोषाध्यक्षमा तेज बहादुर गुरुङ र सहसचिवमा विमल गुरुङ र यस गुरुङ चयन गरिएको उनले जानकारी दिए ।
जिल्ला कार्यसमितिका सदस्य सागर गुरुङको प्रमुख आतिथ्यतामा तथा गोरखा क्षेत्र नं १ ख का उपसभापति मणी गुरुङ र क्षेत्र नं एक क का कोषाध्यक्ष गणेश गुरुङ लगायतको सहभागितामा कार्यक्रम भएको हो




