| सोमवार, कार्तिक २३, २०८३

वन क्षेत्रका चुनौती तथा मिडियाको भूमिका बारेमा छलफल

गोरखा सदरमुकाममा वन क्षेत्रको चुनौती तथा मिडियाको भूमिकाको बारेमा छलफल भएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा पत्रकार महासंघ गोरखाको समन्वयमा कार्यक्रम भएको हो ।

गोरखामा वन क्षेत्रको अवस्था, यसको संरक्षणमा देखिएको चुनौती र संरक्षणका उपायहरुका बारेमा वन कार्यालय गोरखाका अधिकृत महेश पौडेलले जानकारी गराएका थिए ।

उनका अुनसार जिल्लाको कुल भूभागको ३६ प्रतिशत वन क्षेत्रले ढाकिएको छ । तीमध्य सामुदायिक वन २४ प्रतिशत, कवुलियती वन ०.७४ प्रतिशत, धार्मिक वन ०.४७ प्रतिशत, मनास्लु संरक्षण क्षेत्र अन्तरगत २९ प्रतिशत, सरकारद्वारा व्यवस्थित वन अन्तरगत ४५ प्रतिशत र निजी वन ०.०२ प्रतिशत ओगटेको पौडेलले बताए ।

वन क्षेत्र संरक्षणका लागि कवुलियती वन प्रवद्र्धन कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रमहरु संचालन हुदै आएको छ । गरिब घरपरिवारका लागि जिवीकोपार्जनका लागि विभिन्न कार्यक्रमहरु संचालन हुदै आएको उनको भनाइ छ । पर्यावरणलाई सन्तुलनमा राख्नका लागि वन प्रवद्र्धन कार्यक्रम अन्तरगत नै विरुवा उत्पादन गरी वितरण हुदै आएको छ ।
कार्यालयबाट वन्यजन्तुको उद्धार र संरक्षण कार्यहरु पनि भइरहेका हुदै आएको छ ।

पछिल्लो समयमा मानव र बन्यजन्तु बीच टकराव बढ्दै गएको बताउदै गोरखामा ०७४ सालदेखि चितुवाबाट क्षति पु¥याएका घरपरिवारलाई राहत रकम वितरण गरिदै आएको उनले जानकारी दिए । यस्तै, गोरखामा वन डढेलो नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा आवश्यक सामाग्री वितरण गरिदै आएको उनले बताए । स्रोत साधनको अभावका कारण वन्यजन्तु व्यवस्थापन र वन संरक्षण केही चुनौती देखिएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा २०७८÷०७९ को दोस्रो चौमासिक सम्मको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्