| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा पाँच दिने पत्रकारिता तालिम सम्पन्न

गोरखामा पाँच दिने पत्रकारिता तालिम सकिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजन नेपाल पत्रकार महासंघ गोरखा शाखाको समन्वय तथा कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा तालिम भएको हो ।

पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न र पत्रकारिता विषयमा अध्ययरत विद्याथीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको तालिमका संयोजक नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठले बताए ।

कार्यक्रममा पाँच दिनको अवधिमा समाचारको पहिचान, लेखन, प्रस्तुत गर्ने तरिका र भिडियो मार्पmत समाचार प्रस्तुत गर्ने तरिकासँगै मोबाइल पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएका उनले जानकारी दिए ।

कार्यक्रममा द्रव्यशाह बहुमुखी क्याम्पमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थी र गोरखाका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समापनको अवसरमा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

पत्रकार महासंघ गोरखाको अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सचिव कैलाशबाबु श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र प्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्