| मङ्लबार, कार्तिक २४, २०८३

स्थानीय चुनावको बारेमा छलफल गर्न कांग्रेस गोरखाको आकस्मीक वैठक

नेपाली कांग्रेस गोरखाले आज विहान आठ बजेका लागि आकस्मीक वैठक डाकेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन वैठक आयोजना गरिएको नेपाली कांग्रेस गोरखले जनाएको छ ।

शनिबार कांग्रेस र माओवादी बीच चुनावी तालमेल गर्ने विषयमा सहमती भएको थियो । तर गठबन्धन भित्रका अन्य दुई दल जनता समाजवादी र नेकपा एकीकृत समाजावदीलाई पनि समेटेर तालमेल गर्न केन्द्रले दवाव दिएपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन वैठक डाकिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्