| मङ्लबार, कार्तिक २४, २०८३

आठ बजेदेखि गोरखामा गठबन्धन दलको बैठक सुरु

पालिका बाँडफाँडको विषयमा अन्तिम निश्कर्षका निकाल्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच छलफल सुरु भएको छ ।

बैठकमा चारवटै पार्टीका जिल्लाका शिर्ष नेताहरु सहभागी छन् । बिहान ६ बजेदेखि बैठक सुरु गर्ने भनिएपनि नेताहरु ढिला उपस्थित हुँदा बैठक आठ बजेबाट सुरु भएको हो । ११ पालिका रहेको गोरखामा कांग्रेसले ७, माओवादीले ५ र जनता समाजवादीले २ वटा पालिका दावी गरेपछि ११ सहमती जुट्न नसकेको हो ।

गठबन्धन भित्रै पनि सबैदल सहमती नभए जतिवटाबिच सहमती हुन्छ सोही अनुसार अघि बढ्ने तयारीमा नेताहरु देखिन्छन् । सहमती नभएको खण्डमा गठबन्धन बाहिरको तालमेललाई पनि दलहरुले संभावना रहेको बताउने गरेका छन् ।

आजको बैठकमा पनि दलहरु आफ्नै अडानमा रहेको खण्डमा अन्ततः सहमती नहुने देखिएको छ । आजदिनभर दलहरुले अन्तिम प्रयास गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्