
एमाले गोरखाद्वारा प्रतिबद्धता पत्र सार्वजनिक
नेकपा एमाले गोरखाले जिल्लाका ११ वटै स्थानीय तहमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसर पारेर एमालेले पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेकपा एमाले केन्द्र, प्रदेश र स्थानीय तहमा सरकारमा भएको बेला गरेका कामहरु जनता समक्ष पु¥याउने र आगामि स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गरेपछि लागु गर्ने योजनाहरु प्रतिबद्धता पत्रमा समेटिएको पार्टीका जिल्ला सचिव काजीराम रोकाले बताए । अव स्थानीय तहको उम्मेदवारी मनोनय भएपछि प्रतिबद्धता पत्रहरु गाउँगाउँमा गएर जनताको माझ पु¥याउने उनले बताए ।
प्रतिबद्धता पत्रमा जिल्लाको वडा, पालिकामा कृषिमा देखिएको समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्यमा गुणस्तरीयता वृद्धि गर्ने लगायतका योजनाहरु रहेको र एमाले सरकारमा हुँदा सुरु गरेको ‘एक घर एक धारा’को योजनालाई सम्पन्न गर्न पहल गरिने उल्लेख छ ।
त्यस्तै, भौतिक पूर्वाधारतर्पm ग्रामीण क्षेत्रमा कृषि सडकको विस्तार, भएका सडकहरुलाई स्तरोन्नति र कालोपत्रे गरिने र समुदायको आवश्यकता अनुसार भवन निर्माण गर्ने उल्लेख रहेको उनले बताए । जिल्लाको भूगोलअनुसार घोषणपत्र फरक फरक रहेकाले उमेद्वार मनोनयन भएपछि मात्र घोषणपत्र सार्वजनिक गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतले बताए ।
त्यस्तै, आगामी स्थानीय तहको निर्वाचनका लागि हालसम्म सत्ता गठबन्धनका दलहरु बीच तालमेल सम्बन्धी औपचारिक तथा अनौपचारिक रुपमा कसैसँग पनि छलफल नभएको उनले बताए । ‘गठबन्धनभित्रका दलहरुले गठबन्धन तोडियो र हामीसँग वार्ता गर्न इच्छुक भएर अनुरोध गरेको खण्डमा हामी वार्ता गर्न तयार छौँ । सकभर सत्तामा रहेका दलहरु बीच गठबन्धन भइदियोस भन्ने नै पार्टीको चाहना रहेको उनले बताए । विगतको निर्वाचनबाट पनि गोरखामा आफ्नो आकार तथा साइज थाहा भएको बताउँदै कुनै दल वार्तामा बस्न आएमा त्यो दलको हैसियतको आधारमा माग रहने बस्नेतले बताए ।
नेकपा एमाले गोरखा नगरपालिका कमिटी गोरखाको आयोजनामा शुक्रबार सदरमुकाममा भएको कार्यक्रमकै अवसरमा विगतको विभिन्न आन्दोलनको क्रममा पार्टीमा पु¥याएको योगदानलाई कदर गर्दै पार्टीका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । पार्टीको स्थापना दिवसका अवसरमा सम्मानित हुनेहरुमा गोरखा नगरपालिका वडा नं ८ का काशीनाथ कट्टेल, भीमप्रसाद कट्टेल, वडा नं २ का होमबहादुर बोहोरा, वडा नं ५ का विष्णुमाया थापा मगर रहेको छन् । त्यस्तै, गोरखा नगरपालिका वडा नं ८ का नेत्रबहादुर अधिकारी, वडा नं ५ का जंगबहादुर तामाङ र वडा नं ३ का टोपबहादुर आलेलाई सम्मान गरिएको पार्टी सचिव रोकाले जानकारी दिए ।




