
गठबन्धन दलको बैठक सुरु, को को छन् बैठकमा !
गठबन्धन दलका नेताहरु बिच गोरखा गार्डेन होटलमा बैठक सुरु भएको छ । पालिका बाँडफाँडको विषयमा सहमती गर्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच छलफल सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं गठबन्धन संयन्त्रका संयोजक नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष यादबबहादुर बस्नेत, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट सहभागी छन् ।
नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, राजनराज पन्त, राजेन्द्र बजगाई, प्रकाशचन्द्र दवाडी बैठकमा सहभागी छन् भने माओवादी केन्द्रबाट लोकप्रसाद बञ्जारा, एकिकृत समाजवादीका जुद्धबिलास भण्डारी, सानुमाया बस्नेत सहभागी छन् । जनता समावजादीका केन्द्रिय सदस्य रमेश पोखरेल पनि बैठकमा सहभागी छन् ।
बैठक पालिका बाँडफाँड कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । आज राती अवेर सम्म भएपनि पालिका र वडाको भागवण्डा टुङ्ग्याउने योजनामा गठबन्धनका नेताहरुको छलफल केन्द्रित भएको छ । कुन दलले कति वटा कुन पालिका लिने भन्नेमा भने दलहरु बिच सहमती जुट्न सकेको छैन ।




